२०८३ साउन ९ शनिबार

इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने

ई आर्थिक    शनिबार, चैत्र ८ २०७६
5.4K
Shares
इसेवाबाट कुनैपनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्ने, डिजिटल कारोबारलाई प्रोत्साहन गरिने

ई–आर्थिक, काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो ।

इसेवामार्फत इसेवा खातामै (पि टु पी ट्रान्स्फर ) गर्दा यस अघि नै निशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्स्फर पनि निशुल्क बनाइएको हो
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्क बनाएका छौं । यसले ग्राहकलाई थप सहज हुने र सेवा सर्वसुलभ हुने अपेक्षा गरेका छौं ।

इसेवाले ग्राहकका लागी अन्य सहुलियतका कार्यक्रम समेत ल्याउने जनाएको छ । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतकादुई हजार भन्दा बढी सेवाहरूको शुल्कभुक्तानीगर्न सकिन्छ ।

इसेवामाहाल ४९ वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने इसेवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij