२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि, संक्रमण र मृत्यु हुने कुन देशमा कति ?

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
6K
Shares
कोरोनाभाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि, संक्रमण र मृत्यु हुने कुन देशमा कति ?

बीबीसी । इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड–१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ ।

इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो ।

चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन् ।

नयाँ निर्देशन

मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ । लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ । तर त्यस्तो कदम चाल्दा पनि सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढि नै रहेको छ ।

विश्वभरि २४०,००० भन्दा बढी व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ९,८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमण नभेटिएको जनायो । तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइयो ।

चीनमा सङ्क्रमितहरूको सङ्ख्या ८१,००० रहेको छ, जुन इटलीको ४१,०३५ भन्दा धेरै बढी हो ।

इटलीका सबै व्यापार व्यवसायहरू बन्द गरिएका छन् भने त्यहाँ मार्च १२ देखि नै देशैभरि सार्वजनिक भेलाहरू निषेध गरिएका छन् ।
त्यहाँ मानिसको जमघट रोक्न विद्यालय र विश्वविद्यालय, रेस्टुराँ, मदिरालय र पसलहरू बन्द गरिएका छन् ।

प्रधानमन्त्री जुजेपे कोन्तेले देशको समग्र ‘प्रणाली धरासायी हुनबाट रोक्न’ मानिसहरूलाई बाहिर निस्कन निषेध गरिएको अवधि थप गरिएको बताएका छन् ।

उनले एक पत्रिकासँगको कुराकानीमा निषेधहरू अन्त्य गरेपनि इटली ‘छिट्टै पहिलेजस्तो अवस्थामा फर्किन सक्ने अवस्थामा नरहेको’ बताए ।

उत्तरी इटलीका तीन वटै क्षेत्र कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको एक अध्ययनले देखाएको छ । केही अध्ययनले इटलीका प्रभावित क्षेत्रहरूमा ठूलो सङ्ख्यामा ज्येष्ठ नागरिकहरू रहेको र उनीहरूसँगै ठूलो अनुपातमा १८ देखि ३४ वर्ष उमेर समूहका मानिस उनीहरूसँग घरमा बस्ने गरेको देखाएको छ ।

पुष्टि भएका कुल सङ्क्रमण          मृत्यु
२३७,०१४                     ९,७९७

संक्रमण र मृत्यु हुने कुन देशमा कति ?

सङ्क्रमण        मृत्यु

चीन                   ८१,१५५          ३,२४९
इटली                   ४१,०३५        ३,४०५
ईरान                   १८,४०७         १,२८४
स्पेन                    १७,३९५           ८०३
जर्मनी                  १४,४८१             ४३
टीम यूएसए           ११,२१९          १५७
फ्रांस                      ९,०४५           २४३
दक्षिण कोरिया         ८,५६५            ९१
स्विटजरलैंड             ३,८८८           ३६
संयुक्त अधिराज्य     ३,२६९           १४४
नेदरलैंड्स                २,४६०             ७६
अस्ट्रिया                  २,०१३               ६
बेल्जियम                १,७९५              २१
नर्वे                         १,७४६               ७
स्वीडन                    १,४३९              ११
डेनमार्क                   १,१५३               ६
जापान                        ९२४             २९
मलेशिया                     ९००              २
क्यानडा                       ७९८              ९
पोर्चुगल                       ७८५               ३
डायमन्ड प्रिन्स जहाज    ७१२               ७
चेक गणतन्त्र                ६९४
अस्ट्रेलिया                    ६८१               ६
आयरलैंड                      ५५७               ३
ब्राजील                        ५३४                ६
इजरेल                        ५२९
कतार                          ४५२
पाकिस्तान                   ४५१               २
ग्रीस                            ४१८               ६
फिनलण्ड                      ४००
सिंगापुर                       ३४५
लक्जमबर्ग                    ३३५               ४
आइसलैंड                       ३३०              १
इंडोनेशिया ३११ २५
पोलण्ड ३०५ ५
स्लोभिनिया २८६ १
बहराइन २७८ १
रोमेनिया २७७
थाईलैंड २७२ १
एस्टोनिया २६७
चिली २३८
सऊदी अरब २३८
पेरू २३४
फिलीपिंस २१७ १७
इजीप्ट २१० ६
रुसी फेडरेशन १९९ १
इक्वेडोर १९९ ३
टर्की १९२ ३
भारत १८४ ४
इराक १६४ १२
लेबनान १५७ ४
दक्षिण अफ्रीका १५०
कुवेत १४८
संयुक्त अरब इमिरेट्स १४०
स्लोभाकिया १२३ १
सैन मरीनो ११९ ११
मेक्सिको ११८ १
आर्मीनिया ११५
पनामा १०९ १
चाइनीज ताइपेई १०८ १
क्रोएशिया १०५ १
सर्बिया १०३
कोलंबिया १०२
अर्जेंटीना ९७ ३
बल्गेरिया ९४ ३
अल्जीरिया ८७ ९
लात्भिया ८६
उरुग्वे ७९
भियतनाम ७६
ब्रुनाई दारुसलाम ७५
हंगेरी ७३ १
फरो आइलैंड्स ७२
जोर्डन ६९
कोस्टा रिका ६९ १
साइप्रस ६७
अल्बेनिया ६४ २
बोस्निया एण्ड हर्सगोभिना ६३
श्रीलंका ६०
मोरक्को ५८ २
माल्टा ५३
एण्डोरा ५३
बेलारूस ५१
मोल्डोभा ४९ १
उत्तर म्यासडोनिआ ४८
वेस्ट ब्याङ्क ४७
अजरबैजान ४४ १
कजाखस्तान ४४
जोर्जिया ४०
ओमान ३९
ट्यूनीशिया ३९ १
कंबोडिया ३७
लिथुएनिया ३६
भेनेजुएला ३६
डोमिनिकन रिपब्लिक ३४ २
ग्वाडेलुप ३३
बुर्किना फासो ३३ १
सेनेगल ३१
लिखटेन्सटाइन २८
न्यूजीलैंड २८
उजबेकिस्तान २३
मार्टिनिक २३ १
अफगानिस्तान २२
बांग्लादेश १७ १
यूक्रेन १६ २
जमैका १५ १
रियूनियन आइलैंड १४
डीआर कंगो १४
क्यामरुन १३
मालदीभ्स १३
होंडूरस १२
बोलिभिया १२
गुआम १२
पराग्वे ११
फ्रेञ्च गियाना ११
घाना ११
क्यूबा ११ १
व्भचकभथ १०
ग्वाटेमाला ९ १
आइभरी कोस्ट ९
त्रिनिडाड एंड टोबैगो ९
जिब्राल्टर ८
नाइजीरिया ८
रुवाण्डा ८
कीनिया ७
मोनेको ७
गुयाना ७ १
सेसल्स ६
इथियोपिया ६
तान्जनिया ६
मंगोलिया ६
फ्रेंच पोलिनेशिया ६
पुएर्तो रिको ५
सेन्ट मार्टिन ९फ्रान्स० ४
इक्वेटोरियल गिनी ४
अरुबा ४
मेयोट ३
मरीशस ३
मन्टेनिग्रो ३
किर्गिजस्तान ३
नेदरलैंड्स एंटिलीस ३ १
सेन्ट बार्थेलेमी ३
बहामास ३
लाइबेरिया २
सेंट लूसिया २
कोसोभो २
नामीबिया २
ग्रीनलैंड २
सूडान २ १
बारबेडोस २
मोरिटानिया २
अमेरिकन भर्जिन आइलैंड्स २
जाम्बिया २
बेनिन २
एस्वाटिनि १
गिनी १
निकारागुआ १
टोगो १
ग्रुन्से १
गेबोन १
फिजी १
जिबूटी १
केमन आइलैंड्स १ १
सोमालिया १
कंगो १
सेंट्रल अफ्रीकन रिपब्लिक १
भूटान १
नेपाल १
भ्याटिकन १
सेंट विंसेंट एंड द ग्रेनाडिन्स १
सूरीनाम १
एल साल्भाडोर १
मन्टसेराट १
गाम्बिया १
एंटिगा एंड बरबूडा १
चाड १

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij