२०८३ साउन ९ शनिबार

कोरोना त्रासको असर देखियो सेयर बजारमा, नेप्सेको ओरालो यात्रा जारी

ई आर्थिक    बिहिबार, चैत्र ६ २०७६
5K
Shares
कोरोना त्रासको असर देखियो सेयर बजारमा, नेप्सेको ओरालो यात्रा जारी

ई–आर्थिक, काठमाडौं । कोरोना त्रासको असर सेयर बजारमा देखिन थालेको छ । त्यसको असरसँगै नेप्सेको ओरालो यात्रा जारी हुन थालेको छ । धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि रोकिएन् । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेमा १६.२६ अङ्कले गिरावट आएको छ । मङ्गलबार नेप्से ४४.३३ अङ्कले घटेको थियो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि २.८० अङ्कले घटेर २७१.७९ मा पुगेको छ । आज कुल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ मा खरिदबिक्री भयो । कारोवार भएका कुल १२ मध्ये एक उपसमूहको शेयरमात्र बढेको छ । व्यापार २४.३८ अङ्कले बढ्दा बैंकिङ १५.८२, होटल १९.१६, विकास बैंक ११.७१, जलविद्युत् ७.४६, वित्त ३.८४, निर्जीवन बीमा ११२.७४, उत्पादन २५.१९, अन्य ४.५४, माइक्रोफाइनान्स १८.२३ र जीवन बीमा १३७.०६ र सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इस्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड ३१ लाख ७९ हजार ६९७ मा खरिदबिक्री भयो । एनआइसी एसिया बैंकका रु आठ करोड ३३ लाख ४५ हजार ६२, एनमएमबी बैंकको रु पाँच करोड ९० लाख ९६ हजार ३११, ग्लोबल आइएमई बैंकको रु चार करोड १४ लाख ९५ हजार २२७ र शिवम् सिमेन्टको शेयर रु तीन करोड १४ लाख ७७ हजार ६१३ मा खरिदबिक्री भयो ।

आज सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाए । यस्तै माउन्टेन हाइड्रो ७.७९, सबैको लघुवित्त वित्तीय संस्था ४.९३, नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक शेयर) ४.४८, नेपाल इन्स्योरेन्स ३.९२ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८० प्रतिशतले कमाए ।

कालिका पावर कम्पनीका शेयरधनीले सबैभन्दा बढी ९.२५ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६, एनएलजी इन्स्योरेन्स ५.९७, मल्टीप्रपोज फाइनान्स ४.९५, सिद्धार्थ इन्स्योरेन्स ४.५७ र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij