२०८३ साउन ९ शनिबार

कामना सेवा विकास बैंकको १२३औ शाखा कार्यालय ग्वार्कोमा

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
8.3K
Shares
कामना सेवा विकास बैंकको १२३औ शाखा कार्यालय ग्वार्कोमा

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको यो १२३औ शाखा कार्यालय हो ।

उक्त शाखाको फागुन २९ गते ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबि एसएसएमएस बैंकिङ, मोवाईल बैंकिङ, सि–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij