२०८३ साउन ९ शनिबार

हलिउडमा गुञ्जिए नेपाली युवा दिवेश पोखरेल, पोखरेल स्वरलाई अमेरिकन आइडलका तीनै जजको ‘वान्स मोर’

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
12K
Shares
हलिउडमा गुञ्जिए नेपाली युवा दिवेश पोखरेल, पोखरेल स्वरलाई अमेरिकन आइडलका तीनै जजको ‘वान्स मोर’

ई–आर्थिक, काठमाडौं । अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेल हलिउडमा गुञ्जिएका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएसँगै जजहरुले उनीबाट अझै धेरै मागेका थिए ।

सुरुमा जज केटी पेरीले ‘मोर’ भन्दै चिच्याइन । जब केटी पेरी उठेर ‘मोर’ भनिन् त्यसपछि तीनैजना जज उठेर ‘मोर’ भन्न थाले । दिवेशले पनि जजहरुको चाहना बमोजिम फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

दिवेशको प्रस्तुती सुरु हुने बेला दर्शकहरु पनि निकै उत्साहित देखिन्थे । उनले अभिवादनस्वरुप नमस्ते भन्नासाथ दर्शकले चिच्याएर नमस्तेको जवाफ दिएका थिए । जज ल्युक ब्रायनले त दिवेशसँगै गए । जजहरुको चाहनाबमोजिम उनले दोस्रो प्रस्तुती दिँदा तीनैजना जज उनको सम्मानमा उठेका थिए ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij