२०८३ साउन ९ शनिबार

कुमारी बैंक र हेरिटेज होटेल बीच सहकार्य, बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

ई आर्थिक    मंगलबार, चैत्र ४ २०७६
7.6K
Shares
कुमारी बैंक र हेरिटेज होटेल बीच सहकार्य, बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट
ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्रालिबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत पोखरास्थित हेरिटेज होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जानकारी दिएको छ ।
उक्त संझौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५%, खानपानमा र स्पा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिदैं आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij