२०८३ साउन ९ शनिबार

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

ई आर्थिक    मंगलबार, फाल्गुन २७ २०७६
5.5K
Shares
सुनकाे भाउ अहिलेसम्मकै महँगाे

ई आर्थिक, काठमाडौं। सुनको भाउले मङ्गलबार फेरि नयाँ रेकर्ड बनाएकाे छ । सोमबारको मूल्यमा दुई सय रुपैयाँले बढेपछि नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगाे भएकाे हो ।

मंगलबार नेपाली बजारमा छापावाला सुनको प्रतितोला मूल्य ८२ हजार सात सय तथा तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएकाे आइतबार सुन ताेलाकाे ८२ हजार पाँच सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij