२०८३ साउन १० आइतबार

कारोना त्रास: अफ्नो मुलुक बचाउन भारतले रोक्यो २६ प्रकारका औषधिको निर्यात

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
4.2K
Shares
कारोना त्रास: अफ्नो मुलुक बचाउन भारतले रोक्यो २६ प्रकारका औषधिको निर्यात

ई–आर्थिक, काठमाडौं । भारतले विभिन्न २६ प्रकारको औषधी निर्यातमा रोक लगाएको छ । कारोनाको सम्भावित असरलाई ध्यानमा राख्दै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतले पारासिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा रोक लगाएको हो । कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा हुने अभावको सामाना गर्न यस्तो निर्णय लिनु परेको जनाइएको छ।

सरकारले तोकेको २६ प्रकारका औषधी निर्यात गर्नुपूर्व सरकारसंग अनुमति लिनु पर्ने समाचारहरुमा जनाइएको छ । आन्तरिक मागलाई समीक्षा गरेरमात्रै सरकारले इजाजतको प्रक्रियामाथि विचार गर्ने समाचारमा भनिएको छ ।

यी हुन् भारतले निर्यात रोकेका औषधी

पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल र यी औषधीबाट फर्मुलेट भएका अरु १३ प्रकारका औषधी रहेका छन् ।

साथै, भारतले अर्को सूचना जारी नभएसम्मका लागि औषधीहरुको कच्चा पदार्थको निर्यात पनि रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij