२०८३ साउन ९ शनिबार

राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा ‘चान्स टु वीन थ्रू अ क्लिक’ का विजेतालाई स्कुटर हस्तान्तरण

ई आर्थिक    बुधबार, फाल्गुन २१ २०७६
7.5K
Shares
राकुटेन भाइवर र जगदम्बा मोटर्सद्वारा ‘चान्स टु वीन थ्रू अ क्लिक’ का विजेतालाई स्कुटर हस्तान्तरण

ई–आर्थिक, काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ ।

जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो जहाँ ग्राहकहरुले ‘टिभीएस बाइकर्स मेनिया’ स्टीकर प्याक डाउनलोड गरेर नयाँ टिभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।

यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्योपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स्का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गर्नुभएको थियो ।

‘टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हामी खुशी छौं कि हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेका छौ, अनुभव नायर, सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी, राकुटेन भाइवरले भन्नुभयो ।’

‘हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी छौं । हामी देशभरका ग्राहकहरुको व्यापक सहभागीताबाट निकै खुशी छौं । हामी यो अभियान सफल पार्नका लागि सहयोग पु¥याउनुहुने सम्पूर्णलाई आभार प्रकट गर्दछौं, जगदम्बा मोटर्सका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij