२०८३ साउन ९ शनिबार

मन्त्री खतिवडाको सिजी लक्षित निर्देशन, दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्नेलाई कारवाही गर्न निर्देशन

ई आर्थिक    मंगलबार, फाल्गुन २० २०७६
4.1K
Shares
मन्त्री खतिवडाको सिजी लक्षित निर्देशन, दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्नेलाई कारवाही गर्न निर्देशन

ई–आर्थिक, काठमाडौं । दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्नेलाई कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमेत जिम्मेवारी पाएका डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । उनको निर्देशन सीजी टेलिकम लक्षित थियो । यसअघिका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग सीजी टेलिकमको विषयलाई लिएर झण्डै दोहोरी चलेको थियो । नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने ‘दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न पाइदैछन् ।’

लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई पनि कार्यक्रममा निर्देशन दिए । सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृति राष्ट्रिय रोगको रुपमा देखा परेको उनले बताए ।

डा. खतिवडाले ‘सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने सेवा प्रदान नगर्ने ओगटने अनि तिमीले गरेका कामहरु छिटो छरितो सम्पन्न गर भन्दा अदालत गुहार्न जाने यो कुराको पनि अव अन्त्य हुनुुपर्छ । लाइससेन्स होल्ड गर्ने कुरा अन्यत्र छ भन्ने सुनेको थिएँ । अहिले केही दिनदेखि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा यहाँ पनि त्यो प्रवृति रहेछ हेर्नुस् । यो त राष्ट्रिय रोग पो भएको रहेछ, यसको पनि अव अन्त्य हुनुपर्छ । यसरी हुँदैन ।’

मन्त्री खतिवडाले दुरसञ्चारको फ्रिक्वेन्सी तोक लगाएर बाँडीने गरेको र कुनै बेला टेलिफोनको तोक लगाउन आफू मन्त्रीकोमा पुगेको स्मरण गर्दै त्यो युगको अन्त्य गर्नुपर्ने बताए । उनले राज्यलाई फाइदा नहुनेगरी मुख हेरेर, दवाव हेरेर काम गरे नियामक निकायको भूमिकामा प्रश्न उठने समेत बताए । उनले अवको सेवा भ्वाइसमा भन्दा डेटामा बढी हुनुपर्ने बताए ।

क्रिप्टो करेन्सी, क्राउडसोर्सिङ, इकमर्सका क्षेत्रमा डेटा महत्वपूर्ण हुने भएकाले डेटाको सेवा वृद्धि गर्न र गुणस्तरिय बनाउन ध्यान दिन आग्रह गरे । उनले प्राधिकरणको व्यवसायिक काममा मन्त्रालयले हस्तक्षेप नगर्ने तर मन्त्रालयप्रति प्राधिकरण जवाफदेही हुनुपर्ने बताए । जवाफदेही बिनाको स्वायत्तता अराजकता हुने भन्दै त्यसमा सचेत भएर काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij