२०८३ साउन ९ शनिबार

टेलिकमले ल्यायो ‘लार्ज डाटा प्याक’, प्रतिएमबी ५ पैसामा इन्टरनेट

ई आर्थिक    सोमबार, फाल्गुन १९ २०७६
6K
Shares
टेलिकमले ल्यायो ‘लार्ज डाटा प्याक’, प्रतिएमबी ५ पैसामा इन्टरनेट

ई–आर्थिक, काठमाडौं । तपाईलाई एकै पटक धेरै डाटा प्रयोग गर्नुपर्ने आवश्यकता छ? त्यसो भए अब चिन्ता गर्नु पर्दैन ।यसको समाधानको लागि नेपाल टेलिकमले लार्ज डाटा प्याक उपलब्ध गराइरहेको छ ।

यो प्याक एक पटक सब्स्क्राइब गरे पछि लामो समय सम्म चलाउन पाइन्छ र तुलनात्मक रुपमा निकै सस्तो पर्ने टेलिकमले जनाएको छ ।

कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको छ । ३० जीबीको प्याक आवश्यकता अनुसार ९० दिन सम्म चलाउन सकिन्छ । यस प्याकको मूल्य १ हजार ६ सय रुपैयाँ छ । त्यसैगरी ६० जीबी प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिन्छ । यसको मूल्य ३ हजार रुपैयाँ छ । यसरी प्याक प्रयोग गरी डाटा चलाउदा करसहित प्रतिएमबी करिव ५ पैसा मात्र खर्च लाग्ने टेलिकमले जनाएको छ ।

लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै *१४१५*१*७# डायल गरेर पनि यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसपछि आफूलाई आवश्यक ३० जीबी डाटाका लागि १ र ६० जीबी डाटाका लागि २ छनोट गरी प्याक लिन सकिन्छ ।

आफूले प्रयोग गरिरहेको मोबाइलमार्फत् एसएमएस पठाएर, नेपाल टेलिकमको वेबसाइटमा गएर लार्ज डाटा प्याक छनोट गरेर वा सेल्फ केयर एकाउन्टमा दर्ता गरेर पनि यी प्याकेज खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij