२०८३ साउन ९ शनिबार

एमसीसी बिश्व समाजबादी आन्दोलनबिरोधी अनुदान हो : प्रचण्ड

ई आर्थिक    आइतबार, फाल्गुन १८ २०७६
21.5K
Shares
एमसीसी बिश्व समाजबादी आन्दोलनबिरोधी अनुदान हो : प्रचण्ड

ई–आर्थिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मिलिनियम कर्पोरेशन च्यालेज (एमसीसी) बिश्व समाजबादी आन्दोलन बिरोधी कार्यक्रम भएको बताएका छन् । अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई संसदबाट अनुमोदन लागि प्रयास जारी राखेको बेला प्रचण्डको यस्तो भनाई आएको हो । आईतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले राजधानीमा आयोजना गरेको स्मृति दिबश कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीको नाम नलिई मुलुकमा अहिले चर्चामा रहेका केही बिषयहरुको बारेमा तपाईहरुले मेरो धारणा जान्न चाहनु भएको छ भन्दै कुरा अघि बढाएका थिए ।

त्यसक्रममा उनले अहिले बिश्व भुमण्डलीकरणका केही नाइकेहरुले समाजबादी आन्दोलन सफल भएका मुलुकहरुमा अनुदान दिएर उनीहरुलाई जनताबाट अलग गराउने गरेको बताए । ‘अन्तर्राष्ट्रिक्ष् पुँजीबादले भुमण्डलीकरणलाई मजबुद बनाउन हाम्राजस्ता मुलुकमा अनुदान पठाउने र त्यसबाट मध्यम तथा निम्न मध्यम बर्गलाई कम्युनिष्ट पार्टीबाट अलगथलग गराउने गरिरहेका छन् ।’ उनले भने ‘हाम्रै देशमा पनि त्यस्ता अनुदान आउने र हल्लीखल्ती मच्चाउने गरेका छन् ।’ उनले यस्तो अनुदान बिकास र समृद्धिको लोकप्रिय नारा बोकेर आउने गरेको बताए । स्मरणीय के छ भने नेपालको पूर्बाधार बिकासका लागि भनेर नेपालमा एमसीसीको करिब ५० अर्ब अनुदान सम्झौता भएको छ । उक्त अनुदान खर्च गर्नका लागि बिभिन्न शंका, उपशंका गर्न सकिने सर्तहरु राखिएको छ र त्यो संसदबाट अनुमोदन गराउनु पर्ने अमेरिकी अडान छ । यसले सत्तारुढ दलभित्र ठूलो बिबाद ल्याएको छ ।

उनले यस्तो भनाईले एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने संकेत गरेको छ । सो कार्यक्रम अध्यक्ष प्रचण्डले भरतमोहन अधिकारीलाई अहिलेको दुई तिहाई कम्युनिष्ट सरकारको जगको रुपमा ब्याख्या गरे । नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र लोकतान्त्रिक बनाउन स्वर्गीय अधिकारीको महत्वपूर्ण देन रहेको चर्चा गर्दै प्रचण्डले कम्युनिष्ट राजनीति र जनतालाई भरतमोहन अधिकारीले जोडेको बताए । जीबनको लामो कालखण्डसम्म राजनीतिमा संलग्न भएर बिभिन्न राजकीय पदमा पुगेका ब्यक्तिमा देश, जनता, सिद्धान्त, बिचार र निष्ठाप्रति इमानदार हुने कुरा भयंकर कठिन भएको चर्चा गर्दै भरतमोहन अधिकारीले भने यसमा कतै नचुकेर सबैको अनुकरणीय ब्यक्ति बनेको बताए ।

कार्यक्रममा बोल्दै पूर्बअर्थमन्त्री तथा राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफै गाउँ आफै बनाऔं, बृद्धा भत्ता जस्ता कार्यक्रम ल्याएर भरतमोहन अधिकारीले मुलुकमा पहिलो पटक राजनीतिक नीति र जनतालाई जोडेको बताए । उनले शासकले जनतालई बिश्वास गर्न नसकिरहको सन्दर्भमा भरतमोहनले गाउँ–गाउँमा पैसा पठाई दिएर गाम्रीण अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण भुमिका निर्बाह गरेको बताउनुभयो ।

उनले भरतमोहनलाई आफूले प्रगतिशील उदारबादी भन्ने गरेको स्मरण पनि गरे । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सबिता अधिकारीले भरतमोहन जहिले पनि मुलुकको आर्थिक बिकास गरी गरिबी निबारण र पछौटेपन हटाउन सक्रिय रहने ब्यक्ति भएको बताइन । उनले पार्टीभित्र देखिएको अहिलेको बिबादमा संकेत गर्दै कोही ब्यक्तिको पछि नलागी बिधि र पद्धतिको पछि लाग्न सबैलाई आग्रह गरिन । सो अबसरमा हाम्रो नजरमा भरतमोहन अधिकारी नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । त्यस्तै फाउन्डेशनका सदस्य नबराज घिमिरेले गाउनु भएको भरतमोहन अमर रहुन नामक गीतको पनि बिमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij