२०८३ साउन ९ शनिबार

अर्थमन्त्रालयले अनुदान निकासा ग¥यो, उखु किसानले पाउने भए ४९ करोड

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०७६
11.7K
Shares
अर्थमन्त्रालयले अनुदान निकासा ग¥यो, उखु किसानले पाउने भए ४९ करोड

ई–आर्थिक, काठमाडौं । उखु कृषकले केही दिनमै राज्यले उपलब्ध गराएको ४९ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । किसानलाई अनुदान दिने सम्बन्धी कार्यबिधि २०७५ अनुसार अर्थमन्त्रालयले रकम निकासा गरेकाले उक्त रकम उनीहरुले पाउने भएका हुन । उक्त कार्यबिधिले उखु उत्पादक कृषकलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान वितरण गर्ने व्यवस्था छ । यस अनुसार अर्थ मन्त्रालयले थप ४९ करोड ४९ लाख ३४ हजार रुपैयाँ निकासा गरेको हो ।

बिहीबार उखु खेती हुने जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयलाई उक्त रकम पठाइएको छ । सरकारले किसानलाई प्रोत्साहन स्वरुप कुल अनुदान १ अर्ब ३३ करोड ५३ लाख १४ हजार रुपैयाँ अनुदान दिन्छ । यो रकममध्ये ९२ करोड रुपैयाँ यसअघि नै निकासा भइसकेको छ । गत वर्ष २ करोड ४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।

अर्थले कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीलाई ११ करोड २८ लाख ९० हजार, सिराहालाई २ करोड ३९ लाख ४ हजार, सुनसरीलाई २ करोड ३३ लाख ८४ हजार, महोत्तरीलाई ६ करोड ७९ लाख रुपैयाँ पठाएको छ । यस्तै, रौतहटलाई २ करोड ७९ लाख ८८ हजार, बारालाई ५ करोड ७८ लाख ६८ हजार र नवलपरासी पश्चिमलाई २ करोड ६५ लाख ५० हजार र कोलेनिका कंचरपुरलाई ७ करोड ४४ लाख २१ हजार रुपैयाँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij