२०८३ साउन १० आइतबार

तस्करीको सुन प्रहरीले बाडिचुँडी खाए, अख्तियारद्वारा १६ प्रहरीलाई निलम्बन गर्न निर्देशन

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०७६
4.9K
Shares
तस्करीको सुन प्रहरीले बाडिचुँडी खाए, अख्तियारद्वारा १६ प्रहरीलाई निलम्बन गर्न निर्देशन

ई–आर्थिक, काठमडौं । तस्करीको सुन बाडीचुडी खाने ठूलो संख्यामा प्रहरी अख्तियारको फन्दामा परेका छन् । तस्करी गरी नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिफारिश गरेको छ ।

चीनको केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर जाँच गर्नेक्रममा यही पुस ११ गते चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिई चालकलाई छाडेको र उक्त सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउनुपर्नेमा आपसमा बाँडफाँड गरी लिएको आरोपमा आयोगले उनीहरुलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन् । यस्तै प्रहरी जवानहरु शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान र ताराबहादुर प्रजा तथा प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरु पदमा वहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धानमा बाधा पु¥याउन सक्ने भएकाले निलम्बन गर्न सिफारिश गरेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij