ई–आर्थिक, काठमाडौं । पहेंलो धातु सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । केही दिनदेखि उकालो लागेको सुनको मूल्या आज सोमवार झन उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो ।
हिजो आइतबार तोलामा ७ सय रुपैयाँ बढेको सुनको भाउ आज १५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । स्थानीय बजारमा छापावाला सुन आइतबार प्रतितोला ८० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
आइतबार छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ९२५ मा कारोवार भएको छ । आइतबार चाँदी प्रतितोला ९२० मा कारोबार भएको थियो । यो मूल्य अझ बढ्न सक्ने व्यवसायीहरुको अनुमान छ ।
