२०८३ साउन ११ सोमबार

मध्यरातमा २० लाखभन्दा बढीको धनमाल चोरी

ई आर्थिक    सोमबार, फाल्गुन १२ २०७६
9.6K
Shares
मध्यरातमा २० लाखभन्दा बढीको धनमाल चोरी

ई आर्थिक, सप्तरी। सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीबाट झण्डै २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।

भारतीय सीमा जोडिएको यस गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीयको घरबाट धनमाल चोरी गरेको स्थानीयबासी अशोककुमार यादवले जानकारी दिनुभयो ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । स्थानीय अशोककुमार यादवले भन्नुभयो, ‘राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।’

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिनुभयो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij