२०८३ साउन ९ शनिबार

‘कालो सुन’ भनिने अलैँचीको मूल्यमा भारी गिरावट

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०७६
10.7K
Shares
‘कालो सुन’ भनिने अलैँचीको मूल्यमा भारी गिरावट

ई आर्थिक, काठमाडौं। कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट भएको छ। भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए।

भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो। तेस्रो देशमा निर्यात नहुँदा एक मन ९ हजार १०० किलोग्राम अलैँचीको मूल्य घटेर २६ हजार पुगेको छ। केही वर्षअघि एक मनको एक लाखको हाराहारीमा कारोबार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए। उपाध्यक्ष श्रेष्ठले भने, ‘दुईचार वर्षअघि एक मनको एक लाखमा कारोबार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो।’

पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ। नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ। अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ। अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स, चीन र भारत पुगेको जानकारी दिए। मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए। पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो।

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ। चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गरे। सधैं भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ। पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ।

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ। अहिले अलैँची कारोबारमा भारतमा कमी आएको पाइन्छ। गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउछन्।

९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ। सङ्खुवासभामा २९ हेक्टर उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij