२०८३ असोज ३ शनिबार

कञ्चनपुरको असैनामा रहेको कुखुरा फार्ममा आगलागी, ४ हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०७६
7.3K
Shares
कञ्चनपुरको असैनामा रहेको कुखुरा फार्ममा आगलागी, ४ हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट

ई–आर्थिक, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी भएको छ । उक्त आगलागीबाट १० लाख रुपैयाँ बढीको क्षति भएको छ । स्थानीयवासी कृष्णा भण्डारीले सञ्चालन गर्दै आएको सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो ।

कमाइ खाने सहारा फार्म थियो उनले भने, ‘जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।’ आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएको थियो । नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij