ई–आर्थिक, काठमाडौं। संस्कृति इन्टरनेशनल स्कुलले १०औं वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा स्कुलले किमडोलस्थीत जनसुधार आधारभूत विद्यालयलाई १ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम विद्यालयको हलको छानो निर्माण गर्न प्रयोग गरिनेछ । उक्त रकम अनुराधा कोइराला र अम्बिका श्रेष्ठले विद्यालयका प्रधानाध्यापक सिता पौडेललाई हस्तान्तरण गरे ।
विद्यार्थीहरुलाई सामाजिक सेवा गतिविधिहरुमा सहभागी र संलग्न गराउने, विद्यार्थीहरुलाई समाजमा केहि योगदान गर्न सिकाउने उद्देश्यले स्कुलले मिस संस्कृति र मिस्टर संस्कृति प्रतियोगिताको आयोजना गरेको थियो । जहाँ विद्यार्थीहरुले जित्नका लागि सामुदायिक सेवा प्रोजेक्टको प्लान तयार पानुपर्ने थियो । सबै सहभागी विद्यार्थीहरुले आफ्नो सामाजिक कार्यको आइडियामा प्रिजेन्टेशन दिएका थिए ।
सोही अवसरमा विद्यार्थीलाई सामाजिक सेवा गतिविधिमा सामेल गराउने र समाजमा योगदान गर्न सिकाउने उद्देश्यले स्कूलले मिस संस्कृति र मिस्टर संस्कृति प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिता जित्न विद्यार्थीले सामुदायिक सेवा प्रोजेक्टको प्लान तयार पानुपर्ने थियो । यस्तै ट्यालेन्ट शो, सेलेक्शन इन्टरभ्यू, ग्रुप प्रोजेक्ट वर्क, निर्णायक वर्गबाट प्रश्न उत्तर राउण्डमा विद्यार्थीले आफ्नो सृजनशीलता, प्रिजेन्टेशन स्किल, प्रतिभा र ग्रूप कोलाबरेशन प्रदर्शन गरेका थिए । मिस संस्कृतितर्फ श्रेया भट्टराई र मिस्टर संस्कृतितर्फ वरदान ढकाल विजयी बने । दुवै विजेताले व्यक्तिगत सामुदायिक प्रोजेक्ट शुरू गर्न रू. २० हजार प्राप्त गरेका छन् ।
त्यस्तै, प्रोजेक्टका पहिलो रनर अप श्रुति छेत्री र आगमन वज्राचार्यलाई रू १०/१० हजार तथा दोस्रो रनर अप एन्नी श्रेष्ठ र आश्रय पियालाई रू. ५/५ हजार प्रदान गरिएको छ।