ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ । नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।