ई–आर्थिक, काठमाडौं । अर्थतन्त्रको बलियो खम्बाका रुपमा रहेका उद्योगी, ब्यबसायीहरुलाई राज्यले सम्मान र कदर गरेको छ । राज्यले पहिलो पटक आफूहरुको योगदानको कदर गरेकोमा उद्योगी ब्यबसायीहरु सन्तुष्ट पनि बनेका छन् । आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा बिशिष्ट योगदान पु¥याउने बिभिन्न २५ जना उद्योगी ब्यबसायीहरुलाई सम्मान गरेका हुन ।
उत्पादन, रोजगारी सिर्जना र राजश्व संकलनका दृष्टिले उद्योगी ब्यबसायीहरुको राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान भए पनि त्यसको राज्यले आजसम्म उचित सम्मान नगरेको महसुस भएको थियो । उद्योगी, ब्यसायीहरुले हरेक फोरमहरुमा राज्यले आफूहरुको योगदानलाई अबमुल्यन गरेको गुनासो गर्थे । उनीहरु यो गुनासो भने अब रहेन । राज्यले उनीहरुलाई योगदानको आधारमा सम्मान गरेर राम्रो अभियानको सुरुआत गरेको छ । सम्मानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले उद्योगी, ब्यसायीको छनोट गरिएको थियो । यस अनुसार ठूला निर्यातकर्ता, धेरै रकम लगानीकर्ता तथा धेरै रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति वर्ष पुरस्कारबाट सम्मानित गरियो ।
भारत तथा चीन एवं तेस्रो मुलुकमा निकासी गर्ने, धेरै लगानी गर्ने, धेरै कृषि वस्तु तथा जडिबिुटी निर्यात गर्ने, धेरै रोजगारी प्रदान गर्ने लगायतका कुल १३ विधामा २५ उद्योगी व्यवसायीलाई सरकारले सम्मान गरेको हो । निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उलेख्य योगदान पु¥याएबापत नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर सम्मानीत भए ।
सम्मानित हुनेहरुले महत्वपूर्ण व्यवसायिक व्यक्तिको लोगो, प्रतिक चिन्ह र परिचय पत्र प्राप्त गर्नेछन् । त्यसैगरी उनीहरुले वाणिज्य बैठक र छलफलमा सहभागीताका लागि सरकारले प्राथमिकतामा राख्ने छ । उनीहरु देश विदेशमा हुने मेला तथा बिभिन्न बाणिज्य छलफलमा सहभागिता जनाउन पहिलो रोजाईमा पर्नेछन् । उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलको आईसीपी लवी र अन्तरिकमा भीआईपी लबी प्रयोग गर्न दिइने छ । सम्मानको लागि बिभिन्न बिधा छुट्ट्याइएको थियो ।
तेस्रो मुलकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी बस्तु निकासी गर्ने विधामा धागोतर्फ रामचन्द्र संघई, अध्यक्ष, त्रिवेणी स्पिनिङ मिल्स प्रालि छाता पिपरा, बारालाई सम्मान गरियो । जसको योगदान योगदान रकम ३ अर्ब ५६ करोड २९ लाख रहेको छ । त्यस्तै ऊनी गलैंचा (दोर्जे ग्याल्सेन लामा, प्रवन्ध सञ्चालक, दि सांग्रिला काट एण्ड ह्याण्डीक्राफ्टस इण्डष्ट्रीज प्रालि बौद्ध, काठमाडौं सम्मानित भए । जसको योगदान रकम ९४ करोड १७ लाख रहेको छ ।
तयारी पोशाकमा राहुलमान शाक्य, प्रबन्ध निर्देशक, काठमाडौं स्टार फेसन प्रालि हात्तीवन, ललितपुर सम्मानित भए । जसको योगदान योगदान रकम ८२ करोड ८७ लाख रहेको छ । उनी पश्मिना सलमा सूर्यकुमार गुरुङ, सञ्चालक अध्यक्ष, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिड ईण्डष्ट्रीज प्रालि गोदावरी सम्मानित भयो । जसको योगदान रकम ४८ करोड १४ लाख छ । उनी फेल्टका उत्पादन(रविन श्रेष्ठ, सञ्चालक, एभरेष्ट फेसन खुमलटारलाई सम्मानित गरियो । जसको योगदान रकम ६९ करोड ७१ लाख छ । भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता र उद्योगीहरुमा हरिकिरत सिंह बेदी विजनेस हेड डाबर नेपाल प्राइभेट लिमिटेड, जितपुर, बारालाई सम्मानित गरियो । जसको योगदान रकम १२ अर्ब ७० करोड ६७ लाख छ । त्यस्तै दिव्यराज सापकोटा महाप्रवन्धक, आरती स्ट्रिप्स प्रालि, विराटनगर, मोरङलाई सम्मान गरियो जसको योगदान रकम ५ अर्ब ३ कोड ३५ लाख छ । युक्ती गोल्छा निर्देशक, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, विराटनगर, मोरङ पनि सम्मानित भए । जसको योगदान रकम ४ अर्ब ९५ करोड ६० लाख छ ।
चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेश्रो स्थान हासिल गर्ने निम्न नेपाली निर्यातकर्ता उद्योगी सम्मानित भए पेम्बा दोर्जे शेर्पा, प्रोपाइटर, न्यू हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौं । योगदान रकम ४३ करोड ६० लाख । विश्व राज बस्नेत व्यवस्थापक, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि.ठमेल, काठमाडौं । योगदान रकम ३९ करोड ३३ लाख मछिन्द्र पाण्डे प्रोपाइटर, न्यु प्यागोडा इन्टरप्राइजेज, टोखा काठमाडौं । योगदान रकम २२ कारोड ४२ लाख ।
निर्यातकतासँग दोहोरो नपर्ने गरी नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्राउने निम्न निर्यातकर्तालाई सम्मान गरियो ।
गोपीप्रसाद कँडेल प्रोप्राइटर, पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाँटार, काठमाडौं । योगदान रकम १७ करोड ३७ लाख । निर्यातकर्तासँग दोहोरो नपर्ने गरी वाणिज्य नीति २००२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुतर्फ निम्न ब्यक्तिलाई सम्मान गरियो । कृषिजन्य वस्तुतर्फ सुजन कमार श्रेष्ठ प्रवन्ध निर्देशक, मनराम हिमालयन हयाण्डीक्राफ्ट प्रालि बालुवाटार, काठमाडौं । योगदान रकम ८३ करोड ८४ लाख जडीबुटीतर्फ निर्वाण कुमार चौधरी अध्यक्ष, सीजी बायोटेक प्रालि, सानेपा, ललितपुर । योगदान रकम ३१ करोड ८५ लाख ।
निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्तामा राजलक्ष्मी गोल्छा(प्रबन्ध निर्देशक हुलास वायर्स इण्ड्रस्टीज लिमिटेड, विराटनगर मोरङ सम्मानित भइन । उनको योगदान रकम ४ अर्ब ९५ करोड ६० लाख रहेको छ ।
सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्तामा दीपेश प्रधान कार्यकारी निर्देशक, एलआरएम नेपाल प्रालि, मानभवन, ललितपुरलाई सम्मान गरियो । उनको योगदान रकम १९ करोड ११ लाख रहेको छ ।
उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने स्वदेशी श्रम र सीप उपयोग गर्ने लीक शु कुवाङ प्रबन्ध निर्देशक, होङ्सी शिवम सिमेन्ट प्रालि, नक्साल, काठमाडौंलाई सम्मान गरियो । जसको योगदान रकम १० अर्ब ७१ करोड रहेको छ । सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीमा पवनकुमार गोल्याण, अध्यक्ष तथा प्रवन्ध सञ्चालक, रिलायन्स स्पिनिङ मिल्स लि कमलादी, काठमाडौंलाई सम्मान गरियो । जसको योगदा ४१ सय २८ जनालाई रोजगारी दिएको छ ।

बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोवार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी र व्यवसायी चन्द्रप्रसाद ढकाल अध्यक्ष, आइएमई लिमिटेड, पानीपोखरी, काठमाडौंलाई सम्मान गरियो । जसको योगदान २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख रहेको छ । पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीमा सुरेशलाल श्रेष्ठ कार्यकारी संचालक, तारागाउँ रिजेन्सी होटल्स लिमिटेड बौद्ध, काठमाडौंलाई सम्मान गरियो । जसको योगदान रकम १अर्ब ३ करोड २५ लाख रहेको छ । युवा उद्यमी व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबभन्दा बढी निकासी गर्ने महिलातर्फ सुनिता शेर्पा प्रबन्ध निर्देशक, फेल्ट एण्ड यार्न प्रालि, नयाँ बजार काठमाडौंलाई सम्मान गरियो । जसको योगदान रकम ८ करोड ८८ लाख रहेको छ । त्यसैगरी पुरुषतर्फ अक्षय गोल्याण सञ्चालक रिलायन्स स्पिनीङ मिल्स प्रालि, कमलादी, काठमाडौलाई सम्मान गरियो । जसको योगदान – ८ अर्ब ७ करोड रहेको छ ।