ई–आर्थिक, काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.२० प्रतिशतले घटेको छ । यसअवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको गत आवको यसै अवधीको तुलानामा १३ करोड ५० रुपैयाँले खुद नाफा घटे्को हो । समिक्ष अवधीमा २ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब १७ करोड बराबरको नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेकाले खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी ४.४२ प्रतिशत र सञ्चालन नाफा ५.६५ प्रतिशतले घटेको छ ।
बैंकले निक्षेप ८ अर्ब ६७ करोडले घट्दा त्यही तीन महिनामा ऋण ५ अर्ब ९० करोडले बढाएको छ। पछिल्लो ६ महिनामा ऋण १२ अर्ब ११ करोडले बढाएको छ। अहिले बैंकसँग सर्वसाधारणलाई गरेको ऋण लगानी एक खर्ब ४१ अर्ब पुगेको छ। यसले गर्दा बैंकको ब्याज आम्दानी पनि बढेको छ। तर खुद ब्याज आम्दानी भने बढ्न सकेको छैन। बैंकको खराब ऋण ०.६२ बाट १.७५ प्रतिशत पुगेको छ।
त्यस्तै बैंकको चुक्ता पुँजीको आकार २५.५४ प्रतिशतले बढेको छ । नाफा घट्नु र पुँजीको आकार बढ्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९६ पैसाले घटेर ४५ रुपैयाँ ३२ पैसमा सीमित भएको छ ।