२०८३ साउन १० आइतबार

बुद्ध एयरद्वारा पोखरा–विराटनगर हवाई सेवा सुरु

ई आर्थिक    मंगलबार, माघ २१ २०७६
5.8K
Shares
बुद्ध एयरद्वारा पोखरा–विराटनगर हवाई सेवा सुरु

ई–आर्थिक, काठमाडौं । बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ । निजी क्षेत्रको अगुवा हवाइ सेवा प्रदायक कम्पनी बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनको भनाइ छ । आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा शुरु गर्ने योजना रहेको गौतमले स्पष्ट पारे । यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ ।

सिधा हवाइ सेवा सञ्चालबाट गण्डकी प्रदेश र प्रदेश नं १ का जनताले लाभ लिनेछन् । दुवै प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भएकाले हवाई सेवाको माध्यमबाट पर्यटक आवागमन बढ्ने र पर्यटकलाई सहज हुने विश्वास गरिएको छ । पोखरा विराटनगरको हवाई यात्रा एक घण्टाको रहनेछ । उडान शुल्क नेपाली र भारतीयलाई छ हजार २०० र विदेशीलाई १३० डलर रहेको बताइन्छ ।

विराटनगरबाट उडान भरेका पाइलट शैलेस रावत र जहाजमा सवार यात्रुलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij