२०८३ साउन ९ शनिबार

हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

ई आर्थिक    सोमबार, माघ २० २०७६
6K
Shares
हिमालय एयरलाइन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

काठमाडाैं । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ।

एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए।

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ। यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ।

कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij