२०८३ साउन ९ शनिबार

नेपालको व्यापार घाटा निरन्तर बढ्दै, पुससम्ममा ६ खर्ब ३८ अर्ब पुग्यो

ई आर्थिक    शुक्रबार, माघ १७ २०७६
6.6K
Shares
नेपालको व्यापार घाटा निरन्तर बढ्दै, पुससम्ममा ६ खर्ब ३८ अर्ब पुग्यो

ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा मुलुकको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ प्रतिशत रहँदा निर्यातको हिस्सा ७.६ प्रतिशतमा सीमित हुदा ब्यापार घाटा यो अबस्थामा पुगेको हो । यद्यपि गत बर्षको यही अबधिको तुलनामा भने ब्यापार घाटामा केही कमी आएको छ । गत वर्षको समीक्षा अबधिमा व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोड नाघेको थियो । गत बर्षको भन्दा यो बर्षको सोही अबधिमा ब्यापार घाटा ६.०६ प्रतिशतले सुधार आएको छ ।

भन्सार बिभागका अनुसार समीक्षा अबधिमा गत वर्षको तुलनामा आयत निर्यात अनुपात २३.९१ प्रतिशतको सुधार आएको छ । यो अबधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ प्रतिशत छ भने निर्यातको हिस्सा ७.६ प्रतिशत मात्र छ । यो अबधिमा १४३ मुलुकसँग नेपालको वैदेशिक व्यापार भएको छ । बिगत झै यो अबधिमा पनि सबैभन्दा ठूलो ब्यापार भारतसँग नै भएको छ । गत पुस महिनासम्ममा भारतबाट ४ खर्ब २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात भयो ।

नेपालबाट भारत निकासी भने ४० अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र भयो । यो अबस्थाले नेपालको भारतसँग ३ खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहन गयो । दोस्रो ठूलो ब्यापार साझेदार चीनबाट यो अबधिमा एक खर्ब १८ अर्ब २५ करोड रुपैयाँको आयात भयो ।

नेपालबाट चीनमा भने एक अर्ब एक करोड ६५ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । यि दुई मुलुकबाहेक इन्डोनेसिया, यूएइ, अमेरिका, क्यानडा, स्वीट्रल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड जस्ता मुलुकबाट बढी वैदेशिक व्यापार हुने गरेको बिभागले जनाएको छ । यस अबधिमा गत बर्षको तुलनामा २.२६ प्रतिशतले कमी हुदै नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । गत वर्ष यस अवधिमा वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोडको थियो ।

पुस महिनाको अन्त्यसम्म ६ खर्ब ९४ अर्ब ६९ करोडको आयत र ५७ अर्ब २७ करोड ९७ लाख बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्याततर्फ २६.१३ प्रतिशतको सुधार आउँदा आयत भने ४.०४ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत वर्ष सोही अवधिमा ७ खर्ब २३ अर्ब ९३ करोडको आयत गर्दा ४५ अर्ब ४१ करोड २४ लाखको बस्तु निर्यात नेपालले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij