२०८३ साउन ९ शनिबार

मालपोतका पियनको नै कमाई १० करोड, अरुको कति होला !

ई आर्थिक    बिहिबार, माघ १६ २०७६
92.5K
Shares
मालपोतका पियनको नै कमाई १० करोड, अरुको कति होला !

ई–आर्थिक, काठमाडौं । एउटा सरकारी पियनले कति कमाउला ? सरकारी पदहरुमध्ये सबैभन्दा तल्लो र फाइल उठाउन तथा फाइल सदर बदर गर्नु नपर्ने पद हुनाले पियनले जेनतेन खान पुग्ने कमाई गर्ला भन्ने सबैको अनुमान हुन सक्छ । तर कुनै सरकारी कार्यालयका पियन यस्ता पनि भेटिदा रहेछन्, जसले कसैले कल्पनै गर्न नसक्ने सम्पत्ति जोडेका छन् ।

३० बर्षभन्दा बढी मालपोतमा कार्यरत पियन राजेन्द्र बस्नेतले आर्जन गरेको सम्पत्ति सुन्दा चकित नै परिन्छ । यो अबधिमा उनले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेछन् । यतिले पनि उनी सन्तुष्ट रहेनछन् । अझै सम्पत्ति थप गर्न उनी नक्कली रसिद काटेर राजश्व रकम आफ्नो खातातिर दाखिला गर्न थालेछन् । ‘पाप धुरीबाट कराउँछ’ भने झै भयो । उनको यो अपराध सार्बजनिक भयो । उनी पक्राउ परे ।

पक्राउ परेपछि अख्तियारका अनुसन्धान अधिकृतहरुले उनको बारेमा बिस्तुत अध्ययन गरे । अध्ययन गर्दा त अनुसन्धानका अधिकारीहरु चकित ! उनको सम्पत्ति करिब १० करोड बराबरको देखियो ।

११ लाख रुपैयाँ नगदसहित पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीसँग करोडौंको अवैध सम्पत्ति फेला परेको हो । उनी २०४५ सालमा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका हुन ।

यो अबधिमा उन्ले आफ्नो तलब पारिश्रमिक, बचत आय, घरजग्गा बिक्री, सवारी साधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गरी कुल ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ वैध आर्जन गरेछन् । बाँकी ८ करोड ९८ लाख ५८ हजार रुपैयाँभन्दा बढी सम्पत्ती गैरकानुनी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अदुअआका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij