२०८३ साउन १० आइतबार

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिए, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

ई आर्थिक    शुक्रबार, माघ १० २०७६
9.1K
Shares
नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिए, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर नेपालमा एक नेपाली संक्रमित भएको भेटिएको जानकारी दिएको छ ।
चीन लगायतका मुलुकहरुमा देखिएको कोरोना भाइरसबाट एक बिरामीमा संक्रमित भएको आशंकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूना परीक्षणको लागि हङकङ पठाएको सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । भाइरस संक्रमित बिरामीको रिपोर्ट बिहीबार आएको र सो भाइरस कोरोना नै भएको अस्पतालले पुष्टि गरेको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीमा उक्त संक्रमणदेखिएको मन्त्रालयले जानकारी दिएको छ ।

चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षण विहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको मन्त्रालयले जानकारी दिएको छ । ती विरामी व्यक्तीको सम्पर्कमा रहेका आफन्तहरुको समेत खोजी भैरहेको कार्यक्रममा जानकारी दिइयो ।

चीनबाट सुरूभएको यो भाइरस जापान लगायत विश्वका विभिन्न मुलुकहरूमा देखा पर्न थालेको छ । चीनमा विशेष कडाई गरिएको यस रोगबाट बच्न अहिले विश्वभर विशेष सतकर्ता अपनाउन थालिएको छ ।

यो भाइरसबाट बच्न र बचाउन मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij