२०८३ साउन १० आइतबार

दामनको होटलमा बास बसेका आठ पर्यटकको निसास्सिएर मृत्यु

ई आर्थिक    मंगलबार, माघ ७ २०७६
7.7K
Shares
दामनको होटलमा बास बसेका आठ पर्यटकको निसास्सिएर मृत्यु

ई–आर्थिक, हेटाैँडा । मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा बसेका आठ जना भारतीय पर्यटकको ज्यान गएको छ ।

थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा रात बिताएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको हो । मंगलबार बिहान उनीहरु अचेत अवस्थामा भेटिएका थिए। बिहान रिसोर्टका स्टाफले आठै जना बेहोश अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

अचेत अवस्थामा भेटिएका सात जनालाई उपचारका लागि काठमाडौं लगिएकोमा अस्पतालले उनीहरुलाई पनि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जानाएको छ । एक जनाको रिसोर्टमै ज्यान गएको थियो ।

ज्यान गुमाउने आठै जना भारतीय पर्यटकको सनाखत भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरुमा भारत केरला राज्यका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीय सरिया, पाँच वर्षीय अभि, सात वर्षीया अर्चना, पाँच वर्षीय वैशनव र नौ वर्षीय वन्द्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । दुई वटा कोठा लिएर बसेका उनीहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको थियो । उनीहरु भारतको केरला प्रदेशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुई वटा कोठामा बसेको भए पनि बेहोस अवस्थामा भने एउटै काेठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरुकाे निसास्सिएर बेहोस भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

उनीहरु १५ जनाको समूहमा काठमाडौंकाे नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा आएको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij