२०८३ साउन ९ शनिबार

हिमपात राेक्न हिउँमै बसेर पूजा !

ई आर्थिक    सोमबार, माघ ६ २०७६
6.8K
Shares
हिमपात राेक्न हिउँमै बसेर पूजा !

ई–आर्थिक, डाेल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर ‘लामा पूजा’ गरेका छन् ।

तीन दिनसम्म पनि हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका ९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो ।

‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केही मात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनु भयो । हिमपहिरो खस्दा अन्नबाली तथा जनधनको समेत क्षति हुने गर्दछ ।

हिमपातका कारण उपल्लो डोल्पामा पाँच फिटसम्म हिउँ जमेको र घरबाहिर निस्कनसमेत कठिन भएको स्थानीयले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij