२०८३ साउन ९ शनिबार

नेपाल इन्फ्रास्ट्रचर बैंकले आठ अर्बको साधारण सेयर निष्काशन गर्ने

ई आर्थिक    शुक्रबार, माघ ३ २०७६
9.3K
Shares
नेपाल इन्फ्रास्ट्रचर बैंकले आठ अर्बको साधारण सेयर निष्काशन गर्ने

विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

ई–आर्थिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु. ८ अर्व बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रूपैयाँ अंकित दरको ८,००,००,००० (आठ करोड) कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । उक्त सेयर विक्री गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायव महाप्रबन्धक बिनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री मेख बहादुर थापाले हस्ताक्षर गर्नुभयो । नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठुलो सार्वजनिक निष्काशन हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पूँजी रु. ४० अर्ब, जारी पूँजी रु. २० अर्ब र चुक्ता पूँजी रु. १२ अर्व रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी रु. २० अर्व हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५/२/२५ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । बैंकले २०७५/१०/२८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृती प्राप्त गरीे २०७५/११/२२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको हो ।

बैंकको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर, काठमाण्डौंमा रहेको छ ।

मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकसँग जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्दै जाने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij