२०८३ साउन ९ शनिबार

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंलाई पक्राउ गरिदै

ई आर्थिक    बिहिबार, माघ २ २०७६
16.1K
Shares
बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंलाई पक्राउ गरिदै

ई–आर्थिक, काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गाप्रसाद प्रसाईं पक्राउ पर्ने भएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । पक्राउ पर्ने डरले प्रसाईं भने यतिखेर फरार रहेको बुझिएको छ ।

प्रसाईले मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

डा. गिरीले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए । आयोगका उपाध्यक्ष गिरीको निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको थियो । त्यसको लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर प्रसाई नभेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले कुनैबेला पक्राउ पर्नसक्ने डरले फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको जानकारी दिएको छ । केही समय अघि प्रसाईंले पत्रकार सम्मेलन गरेरै डा. गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए । ममाथिका नेताहरुलाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड घुस गिरीले मागेको प्रसाईंले दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij