२०८३ साउन ९ शनिबार

जनकपुर जयनगर रेल उच्च प्राथमिकतामा छ : मन्त्री नेम्वाङ

ई आर्थिक    मंगलबार, पौस २९ २०७६
10.6K
Shares
जनकपुर जयनगर रेल उच्च प्राथमिकतामा छ : मन्त्री नेम्वाङ

ई–आर्थिक,काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल सन्चालन संघ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको बिकास समितिमा मंगलबार भएको छलफलमा मन्त्री नेम्वाङले यस्तो जानकारी गराएका हुन । समितिले यसअघि दिएको निर्देशन पालना भए नभएको बिषयमा मंगलबार मन्त्री नेम्वाङसहित सम्बन्धित अधिकारीसँग गरेको छलफलमा उन्ले सरकारको उच्च प्राथमिकतामा परेकै कारण जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने समेत दाबी गरे ।

ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र अब रेल ल्याएर सन्चालन गर्न मात्र बाँकी रहेको मन्त्रीले जानकारी गराए । भारत सरकारबाट रेल खरिदका लागि अर्डर समेत भइसकेको उनले जानकारी दिए । उनले भने ‘जी टु जी माध्यमबाट रेल खरिद गरिने छ ।’ जयनगर जनकपुर ३५ किलोमिटर रहेको छ । त्यसपछि बर्दिबाससम्म रेल विस्तार गरिने मन्त्रीको भनाई थियो । अहिले संघ सरकारले आफू अन्तर्गत पर्ने बाटोहरुको पुनर्निर्माणको कामहरु गरिरहेको छ । यस क्रममा खाल्डा पुर्ने, कालोपत्रे गर्नेलगायतका कामहरु भइरहकेको छ ।

साँसदहरुसँगको छलफलको क्रममा मन्त्री नेम्वाङले संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मत कार्य भइरहेको जानकारी दिए । करिब ४७ हजार किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए ।

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दुई प्रदेश जोडिएको सडक र समग्र यातायात व्यवस्थापन सम्बन्धि मापदण्डको नीति संघ सरकारको अधिकारभित्र रहेकाले सो सम्बन्धी काम भइरहको बताए । उनले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकारको भएकाले त्यसमा संघ सरकारले केही गर्न नसक्ने बताए । संघ सरकारले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग समन्वय गरेर र त्यसअनुरुप योजनाहरु बनाएर काम गरिरहेको जानकारी दिए ।

सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले डोजर किनेर मापदण्ड र आवश्यकताबिना पनि जथाभावी सडक निर्माण गरेर गाडी चलाउन थालेकोबारे मन्त्री र महानिर्देशकको ध्यानाकर्षण गराए । जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरुले आफ्नो घरसम्म पुग्ने बाटोलाई प्राथमिकता दिएको भन्दै साँसद शर्माले यतातिर सरकारले ध्यान दिनुपर्ने बताए । स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड पनि मन्त्रालयले बनाउनु पर्नेमा शर्माको जोड थियो ।

सांसद विमला राई पौडेलले चालकहरुसँग चालक अनुमतिपत्र छ छैन भन्ने कुरा यात्रुले थाहा नपाउने भएकाले यात्रुले देख्ने गरी कार्ड राख्ने व्यवस्था गर्नुपर्ने बताइन् । चालकको नाम, ठेगना र लाइसेन्स नम्बर यात्रुले देख्ने गरेर राख्ने व्यवस्था भए यात्रु ठगिनबाट बच्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij