२०८३ साउन ९ शनिबार

गुण्डा नाइके लामालाई प्रहरीको गोली

ई आर्थिक    आइतबार, पौस २७ २०७६
4.3K
Shares
गुण्डा नाइके लामालाई प्रहरीको गोली

ई–आर्थिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार एकजना ‘गुण्डा नाइके’लाई गोली हानेको छ । गुण्डागर्दी गर्दै हिँड्ने विष्णु लामालाई नियन्त्रणमा लिन हामीले गोली चलाएका हौं’, बौद्ध प्रहरीका डीएसपी रमेशबहादुर सिंहले डिसी नेपाललाई जानकारी दिए ।

प्रहरीकाअनुसार २८ वर्षीया लामामाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा प्रहरीमा मुद्दा चलिरहेको छ। डीएसपी सिंहले भने, ‘कर्तव्य ज्यानको फररा अभियुक्त हो, हामीले नियन्त्रणमा लिन खोज्दै हामीमाथि नै आक्रमण गरेपछि बल प्रयोग गरेर नियन्त्रणमा लिएका हौं।’ उनले सिन्धुपाल्चोक र काठमाडौंमा लामामाथि मुद्दा चलिरहेको बताए।

बाँया खुट्टाको पिडौलामा गोली लागेपछि अहिले लामाको उपचार वीर अस्पतालमा भइरहेको प्रहरीले जनाकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij