२०८३ साउन ९ शनिबार

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँ नागरिक चाटर्ड विमानमार्फत चीन डिपोर्ट

ई आर्थिक    बुधबार, पौस २३ २०७६
5.1K
Shares
काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँ नागरिक चाटर्ड विमानमार्फत चीन डिपोर्ट

ई–आर्थिक, काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट यही पुस ७ गते पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई बुधबार चीनमा डिपोर्ट गरिएको छ । बुधबार साँझ चीनले चाटर्ड गरेका इस्टर्न एयरको विमानमार्फत चीन पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकलाई विमानस्थल पु¥याएको प्रहरी स्रोतले जानकारी दिएको छ । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो । चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन् ।

तर, ती पक्राउ परेका चिनियाँ नागरिक चीनको अनुरोधमा पक्राउ परेको बताइएको थियो । चीन र नेपालबीच सुपुदर्गी सन्धी नभएकाले उनीहरुलाई अपराधीको व्यवहार नगरी नेपाल सरकारले प्रवेशाज्ञ सकिएको बाहाना बनाएर डिपोर्ट गरेको हो ।

ती चिनियाँ नागरिकहरुले नेपालमा अश्लिल भिडियो बनाएर चीनमा रहेका व्यक्तिहरुबाट करोडौं रकम असुलेको चर्चा थियो । तर, नेपालमा भने उनीहरुमाथि दुव्र्यवहारको मात्र आरोप लगाइयो । र समान्य हिसावमा भिजा नभएको भन्दै डिपोर्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij