२०८३ साउन १० आइतबार

अस्ट्रेलियामा नेपाल भ्रमण वर्षको भव्य उदघाटन

ई आर्थिक    मंगलबार, पौस २२ २०७६
5.5K
Shares
अस्ट्रेलियामा नेपाल भ्रमण वर्षको भव्य उदघाटन

ई–आर्थिक, सिड्नी । अस्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि अस्ट्रेलियाको सिड्नी्मा मंगलबार आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले भ्रमण वर्षको शुभारम्भ संयुक्त रुपमा गरेका छन् ।

अस्ट्रेलियामा नेपाली राजदूतावासको आयोजना तथा एनआरएए लगायतका संघ–संथाको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषामा सजिएर भिजिट नेपालको भव्य प्रचार गरिएको हो।

त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको बताउदैं कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।

न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

औपचारिक कार्यक्रम समापन भएपछि पर्यटन्मन्त्री भट्टराईसहित सहभागीहरुले नजिकै रहेको ओपेरा हाउसको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij