ई–आर्थिक, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको छ ।
बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा रु १०० जम्मा गरिदिनेछ । सो रु १०० बराबरको इन्सेन्टिभ हाललभ्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरुका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरुबाट युजर आइडी बनाउनर बैंक खाता लिंकगर्न ग्राहकहरुलाई सहयोग गर्नेछन् ।
ग्राहकहरुले www.connectips.com यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् ।
कनेक्टआईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्लेटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी सुविधा उपलब्ध रहेका छन् ।
यो प्ल्याटर्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवाआयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
यसबैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रबद्र्धन गर्नेे पहललाई थप प्रोत्साहन गर्न यस संयुक्त अभियानले मद्दत गर्ने विश्वास कम्पनी र बैंक वित्तिय संस्थाहरुले लिएका छन् ।