२०८३ साउन ९ शनिबार

नवलपरासीमा रहेको फलाम खानीमा गण्डकी प्रदेश सरकारले १२ करोड लगानी गर्ने

ई आर्थिक    बिहिबार, पौस १७ २०७६
5.1K
Shares
नवलपरासीमा रहेको फलाम खानीमा गण्डकी प्रदेश सरकारले १२ करोड लगानी गर्ने

ई–आर्थिक, पोखरा । नवलपरासीमा रहेको फलाम खानीमा गण्डकी प्रदेश सरकारले १२ करोड लगानी गर्ने भएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वस्थित धवादी फलाम खानीका लागि १२ करोड लगानी गर्ने प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरेको छ ।

गण्डकी प्रदेश सरकारको गत पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले फलाम खानीको तीन प्रतिशत शेयर खरिद गर्ने सहमति भएको हो । सोही प्रतिशतको हिस्साबापत १२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रवक्ता लामिछानेले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरेको बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिने निर्णय गरेको बताउँदै उनले प्रदेश सरकार गठनसँगै सरकारका कार्यालयहरुको भौतिक व्यवस्थापन विषय संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले निर्माण मापदण्ड राख्नुपर्ने विधेयक बनाउन लागिएको बताए ।

यसैगरी बैठकले प्रदेश सिँचाइसम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागि समेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ।
यसअघि प्रदेशसभाका सम्पन्न चारवटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij