२०८३ साउन ९ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ, आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्प

ई आर्थिक    बुधबार, पौस १६ २०७६
5.1K
Shares
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ, आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्प

ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल भ्रमण बर्षको औपचारिक शुभाराम्भ गरेकी छन् । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रपति भण्डारीबाट औपचारिक शुभारम्भ गरिएको हो ।

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी हुन ।
उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति छ ।

शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको छ ।

सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को आजैदेखि शुभारम्भ गरिएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने जनाइएको छ । सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवद्र्धनका साथै पूर्वाधार विकासलाई सँगै अघि बढाएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो । त्यस्तै सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्तान विन्दुका रुपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । ‘पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान विन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रुपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ’, उनले भने ।

भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाइएको बताए । नेपाल र नेपालीको समृद्धिको हितमा भएको भ्रमण बर्षलाई सफल बनाउन देश विदेशमा रहेका नेपालीहरुसँग उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij