२०८३ साउन ९ शनिबार

अङ्ग्रेजी नयाँ वर्ष सुरू, नयाँ बर्षसँगै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

ई आर्थिक    बुधबार, पौस १६ २०७६
19K
Shares
अङ्ग्रेजी नयाँ वर्ष सुरू, नयाँ बर्षसँगै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

फायल तस्विर

ई–आर्थिक, काठमाडौँ । अंग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । विश्वभर नयाँ वर्षको उल्लासमय शुभारम्भ भईरहेका बेला नेपाल तथा विश्वभर रहेका नेपालीहरुले भने एक आपसमा शुभकामना आदान प्रदान गर्दै अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छन् ।

नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

नेपाली टोपी बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिएको छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

आज नयाँ वर्षसँगै, अन्तराष्ट्रिय ढाका टोपी दिवस, भिजिट नेपाल २०२० को शुभारम्भका अवसरमा पनि विश्वभर रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट पनि शुभकामना साटासाट गरिरहेका छन् ।

नयाँ वर्ष मनाउन पोखरा, काठमाडौँ, धुलिखेल, चितवनको सौराह, नगरकोट, बन्दीपुर लगायतका स्थानहरुमा आन्तरिक तथा वाह्य पर्यटकको घुईँचो नै लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij