२०८३ साउन ९ शनिबार

अब रिचार्ज कार्डको नम्बर मेटिए पनि प्रयोग गर्न सकिने, यसरी गर्नुस् रिचार्ज

ई आर्थिक    बिहिबार, पौस ३ २०७६
10.8K
Shares
अब रिचार्ज कार्डको नम्बर मेटिए पनि प्रयोग गर्न सकिने, यसरी गर्नुस् रिचार्ज

ई–आर्थिक, काठमाडौं । अब नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि प्रयोग गर्न सकिने भएको छ । कम्पनीका अनुसार रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने अब आफैले रिचार्ज गर्न सकिने भएको हो।

यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर वेवसाइटमा उपलब्ध गराउनु पर्नेछ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधैँ http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नु पर्नेछ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनु पर्नेछ ।

यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नु पर्नेछ र मेटिएको अंकमा ‘*’ चिन्ह राख्नु राख्नुपर्छ। जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ। यो प्रकृया बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ। कम्पनीका अनुसार १० पटक सम्म गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ ।

कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ । यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेको थियो। अब यो व्यवस्था पश्चात काउन्टरमै पुग्नुपर्ने बाध्यता हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफैले नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा कम्पनीले गरेकाे छ ।

भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij