२०८३ साउन ९ शनिबार

मुशर्रफलाई सुनाएकोमा मृत्युदण्ड प्रति पाकिस्तानी सेनाको आपत्ति

ई आर्थिक    बुधबार, पौस २ २०७६
3.2K
Shares
मुशर्रफलाई सुनाएकोमा मृत्युदण्ड प्रति पाकिस्तानी सेनाको आपत्ति

एजेन्सी, इस्लामाबाद : पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड सुनाइएकोमा सेनाले आपत्ति जनाएको छ । मेजर जनरल आसिफ गफूरले अदालतको फैसलाले ‘अनगिन्ति पीडा र वेदना दिएको’ प्रतिक्रिया दिए ।

मुशर्रफमाथि अदालतको फैसलापछि उच्च सैन्य अधिकारीहरुको बैठक समेत बसेको हो । ‘पूर्व सेनापति, संयुक्त चिफ अफ स्टाफ र पाकिस्तानी राष्ट्रपति, जसले ४० वर्ष देशको सेवा गरे, युद्ध लडे, उनी कहिल्यै देशद्रोही बन्न सक्दैनन्,’ सेनाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

‘पाकिस्तानको संविधान अनुसार न्याय हुने अपेक्षा सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ । मंगलबार बिहान पाकिस्तानको अदालतले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो । मुशर्रफ दुबइमा उपचारका लागि छन् । यही महिना मात्रै उनी हस्पतालमा नियमित उपचारका लागि गएका थिए ।

देशका पूर्वराष्ट्रपतिमाथि अदालतले यसरी मृत्युदण्ड सुनाएको पाकिस्तानी इतिहासमै पहिलो घटना हो । अदालतको फैसलापछि पनि मुशर्रफले प्रतिक्रिया दिएका छन् । ‘मैले १० वर्षसम्म देशलाई सेवा गरेको छु, म देशका लागि लडेको छु,’ मुशर्रफले भने । २०१३ मा उनीमाथि देशद्रोहको मुद्दा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij