ई–आर्थिक, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि सुरु हुने भएको छ । चैत ६ गतेदेखि सञ्चालन हुने उक्त परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार नियमित ग्रेड वृद्धि तथा प्राविधिक परीक्षा पनि सोही दिनदेखि नै सुरु हुने भएको छ । सबै परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ ।
परीक्षाका बेला आकस्मिक बिदा पर्न गए परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुनेसमेत बोर्डको भनाई छ ।