२०८३ साउन १२ मंगलबार

एनसीएचएलद्वारा कनेक्ट आरटीजीएस कार्यन्वयन

ई आर्थिक    मंगलबार, पौस १ २०७६
23.4K
Shares
एनसीएचएलद्वारा कनेक्ट आरटीजीएस कार्यन्वयन

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरु कनेक्ट आरटीजीएस प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ्ग सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले कनेक्ट आरटीजीएस लाई गेटवेको रुपमा प्रयोग गर्ने छन् ।

अधिकांश बैंकहरुले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्ट्नरको रुपमा नियुक्त गरेका थिए । जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङ्गका लागी आवश्यक सिस्टमहरु त्था बैंकहरुलाई स्वसंचालन सम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।

आरटीजीएस प्रणालीमार्फत ठूलो मुल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तिय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतया तत्काल फण्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फर्छौट सम्बन्धी जोखिम न्यूनीकरण गर्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रको लागि एक महत्वपूर्ण कोशेढुङगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको बृद्धिको लागी एनसीएचएलद्वारा प्रदान गरिएको कनेक्ट आरटीजीएस बैंक तथा वित्तिय संस्थाहरुको बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फर्छौटलाई टेवापुर्याउने विश्वास लिइएको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथावित्तिय संस्थाहरु, गैर–बैंकिङ्ग सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी÷पीएसओ र अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सन्चालनमार्फत समग्र बैकिङ्गक्षेत्रलाई सहयोग पुर्याइरहेको छ ।

त्यसैगरी एनसीएचएलको कनेक्ट आरटीजीएस एक थप प्रणाली हो जसले उद्योगलाई न्यूनशुल्कमा सहयोग पु¥याउदै आएको छ । एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित कनेक्ट आरटीजीएस बैंक र वित्तिय संस्थाहरुका लागी न्यूनमुल्यमा कार्यान्वयनमा ल्याइएको हो ।

उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्विकृती पश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तिय संस्थाहरुलाई पनि उपलब्ध गरिने छ ।

एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरुमध्ये विद्युतिय चेक क्लियरिङ्ग अन्तरबैंक भुक्तानी प्रणाली, कनेक्ट आईपीएस ईपेमेन्ट प्रणाली र नेशनल पेमेन्ट इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ । जसअन्तर्गत ७५ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु र २० भन्दा बढि पीएसपीएस÷पीएसओएस लगायत गैर–बैंकिङ संस्थाहरु सदस्यरहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij