काठमाडौ । विकास निर्माणमा अब्बल चीनले पछिल्लो पटक अर्को चमत्कारिक विकास गरेको छ । चीनले उच्च गतिको ६ सय ५० किलोमिटर लामो रेलमार्ग निर्माण कार्य सम्पन्न गरेर विश्वलाई आश्चर्य चंकित बनाईदिएको छ ।

नेपालकै भौगोलिक बनौटजस्तो देखिने चीनको दक्षिण पश्चिम गुईज्हाउ प्रान्तमा चेङ्दु–गुईयाङ्ग सम्मको शुन्दर र आधुनिक रेलमार्ग यहि डिसेम्बर अन्तिमबाट सञ्चालनमा आउने बताईएको छ । अहिले यस रेलमार्गमा परिक्षणको रुपमा रेल भने चल्न थालेका छन् ।

तस्बिर : सिन्हवा/रासस