ई–आर्थिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार दोहोरो अङ्कले ओरालो लागेको छ।
कारोबारमा आएका सबै उपसमूहको सूचक राताम्मे बन्दा नेप्से सूचक १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ परिसूचक २.१५ विन्दुले घटेर २५३.५२ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भएको जनाइएको छ ।
साताको दोश्रो दिन सोमबार कूल १६२ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर ४० करोड ७९ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। उक्त कारोबार रकम अघिल्लो दिनको तुलनामा २७ करोड ८१ लाख रुपैयाँले घटेको हो। आइतबार ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ७.२३, व्यापार ३.७, होटल ६.१२, विकास बैंक १०.१२, जलविद्युत् १४.५२, वित्त ३.६६, निर्जीवन बीमा १७२.०९, उत्पादन १६.९१, अन्य १४.३२, लघुवित्त १४.०४, जीवन बीमा १३६.५३ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४ करोड ५६ लाख ६० हजार आठ सय बिस रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी स्वावलम्बन लघुवित्तको २ करोड ३४ लाख ९५ हजार, एनआईसी एशिया बैंक १ करोड ९५ लाख, नेपाल बैंक १ करोड ४९ लाख, बेष्ट फाइनान्सको संस्थापक शेयरको कारोबार एक करोड ३६ लाख तथा नेपाल लाइफको एक करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।