२०८३ साउन १० आइतबार

सवा ६ करोड राजश्व छलीको अभियोगमा राजश्व अनुसन्धानद्वारा मुद्धा दायर

ई आर्थिक    बिहिबार, मंसिर २६ २०७६
15.3K
Shares
सवा ६ करोड राजश्व छलीको अभियोगमा राजश्व अनुसन्धानद्वारा मुद्धा दायर

 ई–आर्थिक, काठमाडौं । केही कम्पनी तथा व्यक्तिले करिब ६ करोड १४ लाख रुपैयाँ राजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान बिभागले मुद्धा दायर गरेको छ । यसरी मुद्धा दायर गरिएका कम्पनीहरुमा एसएण्डएस अफसेट प्रेस रहेको छ । त्यसैगरी मुद्धा दायर गरिएका ब्यक्तिहरुमा सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, कृष्णानन्द भट्ट, निजामुद्धिन र अभयराज घिमिरे छन् ।

बिभागले भ्याटका झुटा तथा नक्कली विजकको प्रयोग गर्ने यि अभियुक्तबिरुद्ध विगो, दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

एसएण्डएसका प्रोपाइटर रामशरण गौतमलाई राजस्व चुवाहट गरेको अभियोगमा २ करोड ७९ लाख विगो कायम गरी सोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजाय माग गरिएको छ । काभ्रे पोखरीचौर ८ का स्थायी बासिन्दा गौतम हाल काठमाडौमा बस्छन् । सो प्रेसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर लगाइएको छ ।

त्यस्तै नुवाकोट विदूर नगरपालिका, १३ बस्ने सन्तबहादुर ओझासहित ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ७२ लाख बिगो कायम गरी मुद्धा दर्ता भएको छ । बिदूर नगरपालिकाका ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका ४ का अभयराज घिमिरेसमेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरेको आरोपमा विभागले मुद्दा दर्ता गरेको हो । यिनीहरुबिरुद्ध जम्मा विगो र त्यसको दोब्बरसम्म जरिमाना तथा ३ वर्ष कैद माग गर्दै विभागले मुद्दा दर्ता गरेको हो ।

त्यसैगरी विभागले सोही समूहविरुद्ध अर्को पनि राजस्व छलिको आरोपमा १ करोड ६३ लाख विगो दावी र ३ बर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ । रन्जिप श्रेष्ठसहित सन्तोष राई, सन्तबहादुर ओझा, कृष्णानन्द भट्ट र निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा ल्याइ नक्कली नम्वर प्लेट लगाएर विक्री वितरण गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij