ई–आर्थिक, तुलसीपुर । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेद्वार विमला कुमारी खत्री (वली) विजयी भएकी छिन् ।
वलीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरको छन् । उनीहरु बीचको मतान्तर ५ हजार १०४ रहेको छ ।
त्यस्तै साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, विपी कांग्रेस पार्टीका दिपक कुमार धितालले २ तथा स्वतन्त्रबाट टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन् ।
६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो भने ७ सय ९७ मत बदर भएको छ ।