ई–आर्थिक, पोखरा । कास्की–२ मा जारी उपनिर्वाचन मतदान केन्द्र नजिकै बम बिस्फोट भएको छ ।
पोखरा बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै र पोखरा १६ अर्मलामा समाजवादी पार्टीका उम्मेद्वार धर्मराज गुरुङले मतदान गर्न लागेको समयमै बम बिस्फोट भएको हो ।
पोखरा ३३ बागमारा र पोखरा १६ अर्मलामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्की पुष्टि गरेको छ ।
बम बिस्फोटबाट भने कुनै मानवीय क्षति भएको छैन । बिस्फोट घटनामा संलग्नको खोजी तीब्र पारेको प्रहरीले जानकारी दिएको छ ।
डोटीमा पनि २ ठाउँमा बम
यसैबीच डोटीमा दुई ठाउँमा बम फेला परेका छन् । ईलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार आदर्श गाउँपालिका २ कुचेडा गाउँमा बम फेला परेको हो ।
शुक्रबार राति करिब साढे दुई बजेतिर फेला परेको बम राति नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डिस्पोजल गरेको छ।
त्यस्तै शनिबार बिहान करिब आठ बजेतिर एक किलो मिटर टाढा अर्को बम फेला परेको प्रहरीले जनाएको छ । जस्लाई डिस्पोजल गर्न अर्को टोली परिचालन गरिएको थियो ।