२०८३ साउन १२ मंगलबार

भरतपुर विमानस्थल मर्मतका लागि १० दिन बन्द हुने

ई आर्थिक    बिहिबार, मंसिर १२ २०७६
12.1K
Shares
भरतपुर विमानस्थल मर्मतका लागि १० दिन बन्द हुने

ई–आर्थिक, चितवन । काठमाण्डौको सबभन्दा नजिकमा रहेको भरतपुर बिमानस्थल मर्मतका लागि १० दिन बन्द गरिने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुरका अनुसार आगामी मंसिर १५गतेदेखि २४ सम्म बन्द गरिन लागिएको हो । यो अबधिमा धावनमार्ग तथा पार्किङ स्थलको मर्मत गरिने छ ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावन मार्गमा ओभरले गरिएको छैन । यसले रनवेमा विमानलाई समस्या हुँदै छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । मर्मत संभार गर्नेबारे विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिसकिएको छ । चितवनमा फ्लाइट गर्नु नै पर्ने अवस्था भएमा पश्चिम चितवनको मेघौली विमानस्थललाई प्रयोगमा ल्याइने उनको भनाइ छ ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गर्ने जनाएको छ । यसले विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भइरहेको र हाल बन्द रहेको जानकारी हुन्छ ।

बन्दको अबधिमा १२ सय मिटरको धावनमार्ग मर्मत गर्नुको साथै पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउने योजना छ । पहिले आधा उडान गरेर मर्मतको काम गर्ने सोच बने पनि जाडोमा हुस्सुले बिहान उडान भर्न सक्ने अबस्था नरहेपछि पुरै दिन बन्द गर्ने सहमति बनेको थियो । पुरै दिन बन्द गर्दा मर्मत तथा बिस्तारको कार्य चाँडै सकिने बिस्वास गरिएको छ । अहिले विमानस्थलको रनवे ठाउँ–ठाँउमा भत्किएको र कतै उप्किएको छ । यसले ओभरले गर्ने योजना बनाइएको हो ।

जाडोले रातिको समयमा काम गर्न नसकिने र दिउँसोमा विमानहरुका कारण काम गर्न असहज भएपछि पुरै बन्द गरेर नै काम गर्ने योजना बनेको हो। नेपाल भ्रमण वर्ष सुरु हुनुभन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको बिमानस्थलले जनाएको छ। भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक एक उडान गर्दै आएका छन् । यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij