२०८३ साउन ९ शनिबार

प्रधानमन्त्रीले घोषणा गरे लगतै मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

ई आर्थिक    आइतबार, मंसिर १ २०७६
16.5K
Shares
प्रधानमन्त्रीले घोषणा गरे लगतै मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मेडिकल कलेजले ठगी गरेको र ठगिएको रकम असुल उपर गर्ने घोषणा गरे लगतै केही मेडिकल कलेजहरुमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ ।

प्रधानमन्त्री मातहतमा रहेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रधानमन्त्रीको घोषणालाई सजिलो पार्ने उद्देश्यले मेडिकल कलेजहरुमा छापा मारेको हो ।

यस सम्बन्धमा विभागका अधिकारीहरुले प्रधानमन्त्रीको सचिवालयसँग समेत परामर्श गरेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री सचिवालयले कलेजहरुका सञ्चालकले ठगी गरेर अकुत सम्पत्ति आर्जन गरेको विषयमा गहिरो ढंगले अनुसन्धान गर्न सुझाब दिएपछि विभाग अगाडी बढेको हो ।

यस विषयमा विभागलाई कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।

विभाग स्रोतका अनुसार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको छ ।

लामो समयसम्म सरकारको निर्देशनलाई अटेर गरेपनि कारवाहीमा नपरेपछि मेडिकल कलेज सञ्चालकहरु राजनीतिको उच्च नेतृत्वबाट संरक्षित भएको आरोप लाग्दै आएको थियो । नेशनल मेडिकल कलेजका सञ्चालक नेकपाका नेता भएको र उनको हिमचिम माथिल्ला तहका नेतासँग भएको हुनाले मेडिकल माफियाहरुले उन्मुक्ति पाउँदै आएको आरोप लागेको थियो । प्रधानमन्त्री ओलीसमेत लामो समयसम्म यसबारेमा नबोल्दा विभिन्न शंका उपशंका उब्जिएको थियो ।

ठगी रकम फिर्ता गर्न सामान्य निर्देशन मात्र दिएको तर कडा कदम नचालेको भन्दै सरकारको ब्यापक आलोचना भएपछि प्रधानमन्त्री ओलीले यो बिषय तत्काल मिलाउन सन्चालकहरुलाई भनेको स्रोतले जानकारी दियो । उक्त मौखिक निर्देशनलाई समेत बेवास्ता गरेपछि प्रधानमन्त्री ओली रुष्ट भएको बताइएको छ ।

यसपछि आफू मातहात रहेको शुद्धिकरण बिभागलाई प्रधानमन्त्री कार्यालयले मेडिकल सन्चालकको सम्पत्तिको बारेमा अनुसन्धान गर्न भनेको थियो । गोप्य अनुसन्धाले कजेज सन्चालकहरुले अकुत सम्पत्ति आर्जन गरेको पत्ता लगाएर त्यसको रिपोर्ट प्रधानमन्त्री कार्यालयलाई गरिएको थियो । अकुत सम्पत्तिको बिबरण पाएपछि प्रधानमन्त्री ओली बिद्यार्थीमाथि ठगी भएको निष्कर्षमा पुग्नु भएको थियो ।

अहिले मेडिकल कलेजका विद्यार्थीहरु सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij